Comments Add Comment

Advertisment

SKIP THIS

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

५ पुष , काठमाडौं । अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ।

डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ।

सन् २०२१ को जनवरीमा अमेरिकाको संसद् रहेको क्यापिटल हिल भवनमा ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए। राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जित र ट्रम्पको हारको विरोधमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको थियो।

अमेरिकी तल्लो सदनले गठन गरेको समितिले १८ महिना लगाएर क्यापिटल हिल आक्रमणको छानबिन गरेको हो।

समितिले ट्रम्पविरुद्ध भिड परिचालन गरेको, अमेरिकामाथि धोका र साजि गरेको, कानूनी कामकारबाहीमा बाधा पुर्‍याएको र गलत बयान दिएको आरोप लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै