Comments Add Comment

Advertisment

SKIP THIS

सिक्किममा भारतीय सेना चढेको ट्रक दुर्घटना हुँदा १६ जना सैनिकको मृत्यु

९ पुष , काठमाडौं । भारतको सिक्किममा शुक्रवार भारतीय सेना चढेको गाडी (ट्रक) दुर्घटना हुँदा १६ जना सैनिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तीन जना सैन्य अधिकृत र १३ जना जवान रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ ।

सैनिक बोकेका तीन वटा गाडी सँगसँगै रहेकामा एउटा गाडी घुम्तीमा सडकबाट तल झरेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै