Comments Add Comment

Advertisment

SKIP THIS

दुबई जान लागेका भारतीय नागरिकलाईअमेरिकी डलरसहित  त्रिभुवन विमानस्थलमा पक्राउ

११ फागुन , काठमाडौं । काठमाडौंबाट दुबई जान लागेका एकजना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

भारतीय नागरिक सतिश पुरुषोत्तम सञ्जानीलाई २० हजार अमेरिकी डलरसहित पक्राउ गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले  बताए ।

४५ वर्षीय सन्जानी फ्लाई दुवइको विमान मार्फत दुबई जान लागेका थिए । उनको साथबाट केही परिमाणमा पाउन्ड स्ट्रलिङ्ग पनि बरामद गरिएको छ । उनलाई राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment