Comments Add Comment

Advertisment

SKIP THIS

राजस्व हिनामिना प्रकरण : फरार यातायातका पाँच जना पूर्वकर्मचारी पक्राउ

१९ मंसिर, काठमाडौ । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातायातका पूर्वकर्मचारी पक्राउ परेका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीका तत्कालीन लेखापाल मणिराज दाहालसहित पाँच जना पूर्वकर्मचारी पक्राउ परेका हुन् ।

प्रहरीले दाहालसहित नयराज नेपाल, कुमार बहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

विशेष अदालत काठमाण्डौले २०७९ चैत ८ गते उनीहरुलाई भ्रष्टाचार ९राजश्व रकम हिनामिना० कसुरमा दोषी ठहर गरेको थियो । जसमध्ये तत्कालीन लेखापाल दाहाललाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ जरिवाना, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना, कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना, देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना फैसला गरेको थियो । उनीहरुबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ जरिवाना रहेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीले आव २०६९र०७० र ०७०र०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आव २०७१र०७२, २०७२र०७३ र २०७३र०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीका चार जना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरु फरार थिए । मोरङ प्रहरीले उनीहरुलाई विराटनगरबाट सोमबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीका डीएसपी दाहालले जानकारी दिए । अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानको लागि मोरङ कारागार चलान गरिएको उनले बताए ।

मोरङ प्रहरीले चालु आर्थिक वर्षको हालसम्म २१५ जना फरार प्रतिवादीहरू पक्राउ गरी अदालत उपस्थित गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै