Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने ओलीको दाबी

९ पुष , काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्। फेरी एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सो प्रतिक्रिया दिएका हुन्।

‘कतिपय जो इच्छा गरिरहेका छन्। पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर उहाँले मलाई लाग्छ-ढिलो गर्नु भयो,’ पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘निर्णय गर्न ढिलो गर्नु भयो’।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे। ‘अब उनको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन,’ ओलीले भने।

ओलीले प्रचण्डले जस्तै अरुले पनि समयमा कदम नचाले देश फेरिपनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना रहेको समेत औंल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment