
माघ १८, एजेन्सी । गठबन्धन पार्टीहरूले साझा उम्मेदवार तय गर्न नसकेपछि इटालीका राष्ट्रपति सर्जियो माटारेलाले दोस्रो कार्यकालका लागि पद सम्हालेका छन् । रोममा भएको ६ दिनसम्मको मतदानले पनि नयाँ राष्ट्रपतिको टुंगो नलागेपछि ८० वर्षीय माटारेलालाई अर्को कार्यकालका लागि चयन गरिएको हो । उनी आठौं चरणको मदानमा विजयी भएका हुन् ।

माटारेलाले दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न नचाहेका भए पनि प्रधानमन्त्री मारियो ड्राघीले उनलाई मनाउन सफल भएका बीबीसीले उल्लेख गरेको छ । माटारेलाले संसदीय नेताको एक प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि ‘परिस्थितिलाई ध्यानमा राख्दै’ फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए । प्रधानमन्त्री ड्राघीले ‘उनी निर्वाचित हुनु इटालीका जनताका लागि निकै सुखद खबर भएको’ बताएका छन् ।





