Comments Add Comment

Advertisment

SKIP THIS

देउवा र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

१० पुष , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रचण्ड बालुवाटार पु्गेका हुन् ।

बालुवाटार स्रोतका कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ । सत्ता गठबन्धनको बैठक आज केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । त्यसअघि प्रचण्ड र देउवाबीच ‘वान टु वान’ वार्ता भएको हो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिँनै लाग्दा दलहरु निर्णायक छलफल गर्न बैठक बस्न लागेको हो । प्रधानममन्त्रीको दावी पेश गर्न राष्ट्रपतिले दिएको समय आज अपरान्ह ५ बजे सकिँदैछ ।

तर, त्यसअघि नै गठबन्धनबीच निर्णायक छलफलमा जुट्न लागेका हुन् । निर्णायक छलफल हुने भएपछि आइतबार बिहान प्रचण्ड र देउवाबीच वान टु वान वार्ता भएको छ । तर, उनीहरुबीचको वार्तामा के सहमति भयो भन्ने बाहिर आएको छैन ।

आज बस्ने बैठकले विशेषगरी देउवा, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललागायतका नेताहरु बसेर सरकार गठनको टुंगो लगाउने तयारीमा रहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै