Comments Add Comment

Advertisment

SKIP THIS

बालुवाटारबाट बाहिरिएपछि प्रचण्ड बालकोट जाँदै

१० पुष , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएर बालकोट पुगेका छन्।

नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठकमा कुरा नमिलेपछि ‘प्रचण्ड’ देब गुरूङसहित बालकोट पुगेका हुन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि उनी बालुवाटारबाट बाहिरिएका थिए।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा, प्रचण्ड र माधव नेपालले छुट्टा छुट्टै छलफलसमेत गरेका थिए।

तर पहिलो कार्यकालमा को प्रधानमन्त्री हुने भन्ने विषयमा सहमति हुन नसकेपछि प्रचण्ड बैठक छोडेर बाहिरिएका हुन्।

केपी ओलीको सचिवालयका अनुसार देव गुरूङ बालकोट पुगिसकेका छन् भने प्रचण्ड पुग्दैछन्।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद अघि बढाएको हो।

यसअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङलगायतका नेताले एमाले नेतासँग संवाद सुरू गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै