Comments Add Comment

Advertisment

SKIP THIS

कुटपिटबाट वृद्धको मृत्यु

६ भदौ , काठमाडौं । कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाँको कुटपिटबाट उनको मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनीयाँ र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते धुनियाँको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै