१० पुष , काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट २ किलो युरेनियम जस्तो देखिने पदर्थसहित ३ जना पक्राउ परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय रवी चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२वर्षीय वृज सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।
उनीहरुबाट बरामद गरिएको उक्त वस्तुमा बिजुलीको बल्ब छुवाउँदा बल्ने गरेको छ । उनीहरुलाई आवश्यक कानुनी कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।


