Comments Add Comment

Advertisment

SKIP THIS

बालुवाटारमा भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

११ पुष , काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो सरसामान खरिद नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएको जानकारी दिए ।

मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निवास व्यवस्थापन शाखालाई निर्देशन दिएका हुन् ।

सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेपछि एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । उनले आज शपथ लिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै