
१३ कार्तिक , काठमाडौ । नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालय , नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र सर्वाङ्ग कृषि सहकारी सस्था लिमिटेड द्वारा आज तार्केश्वर नगरपालिका -३ तिनपिप्लेमा बोयर जातका खसी तथा बोकापालन र वितरण उप आयोजना सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रममा बाग्मती प्रदेश सदस्य, माननीय सासंद प्रकाश श्रेष्ठ र यसै वडाका प्रमुख वडा अध्यक्ष मनोहरी तिवारीको प्रमुख अथित्वमा कार्यक्रम सुचारु भएको हो । साथै अथितीहरु नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना का आयोजना प्रमुख उमेश दाहाल, जितपुर उच्च मा बिधालयका प्रतिनिधी गदै भोलानाथ अर्याल साथै नेकपा पाटी एमाले तिनपिप्लेकाका वडा अध्यक्ष रुद्र प्रसाद घिमिरेको उपस्थितमा कार्यक्रम भएको हो भने यसलाई विशेष कार्य सम्पन्न गर्न सहज बनाउने सर्वाङ्ग कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष शिव कुमार मर्हजनलाई बिशेष धन्याबाद समेत गरेका छन् ।



नेपाल सरकार कृषी तथा पशुपन्छी बिकास मन्त्रालय,नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना को उत्पादनमुलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग प्राप्त बोयर जातका बाख्रा खसी तथा बोकापालन र वितरण उप आयोजना संचालन अन्तर्गत यस सर्वाङग् कृषी सहकारी सस्था लिमिटेडले उप-आयोजना सञ्चालनार्थ सम्झौता अनुरुप पहिलो चरणको कार्य अन्तगर्त उप आयोजना को कार्यस्थल तारकेश्वर नगरपालिका वडा नं ३, ठुलो खोलामा सम्झौता मा उल्लेखित अनुसार सम्पूर्ण जानकारी स्वरूप होल्डिङ बोर्ड राख्ने कार्यक्रम पनि सम्पन्न गरिएको छ ।


एक स्थानियका अनुसार , “विदेशि भूमिमा स्थानिय बासिन्दाबाट हुने गरेको चित्त दुख्ने खालको व्यवहार र जति वर्ष विदेशमा बसेपनि अन्तिममा आफ्नै भूमिमा कर्म गरी आधार तयार गर्नुपर्ने वास्तविकताको ज्ञान हुनु र कृषिमा राज्यले गर्ने सहयोगको संचार माध्यमबाट गरिएको प्रचार प्रसारले गर्दा नै आफूलाई कृषि व्यवसायमा लाग्न प्रेरणा मिलेको बताए।”
माननिय सासंद प्रकाशका अनुसार , “भ्यालीको नजिकै हुनाले तार्केश्वरमा कृषी बढाउ र यहाका स्थानियलाई विचौलियाहरुको समस्या, बजार व्यवस्थापन, गुणस्तरिय बोयर जातका खसी बोका बाख्रा, तालिम तथा उत्पादनको आधारमा अनुदानको आवश्यकता जस्ता अति नै महत्वपूर्ण समस्या तथा आवश्यकता पहिचान बाट बिल्कुलै अप्ठायारो हुन नदिन हामीले सो कार्ययोजना ल्याएका छौ ।”







