Comments Add Comment

Advertisment

SKIP THIS

अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

१५ पुष , काठमाडौ । केही दिनअघि मात्रै मनाङ मर्स्याङ्दी क्लब छाडेर आएका अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

विभागीय टीम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो ।

खेलको २५ औं मिनेटमा रवीशंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले पहिलो गोल गरे ।

थपिएको अतिरिक्त समयमा थप एक गोल गर्दै चर्च ब्वाइज आहा राराको डेब्यु खेलमै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै अञ्जन विष्टले हेड मार्फत गोल गर्दै टीमलाई जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै