
१६ कात्तिक , काठमाडौ । पश्चिम नवलपरासीको सुनवलको तुरिया खोलाबाट नदी जन्य वस्तुको चोरी तथा दोहन व्यापक बढेको पाइएको छ ।


स्थानीय तह अर्थात स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत मानिने नदीजन्य वस्तुको बेलैमा ठेक्का नखोल्नु र चोरी तथा दोहन नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुग्दा चोरीका घटना बढेका हुन् ।

कुनै पनि ठेक्का हाल नभएको भए पनि रात दिन खुलेयम चोरी निकासी भएपनि नगरपालिका र प्रहरी प्रशासन मौन देखिएको छ । तुरिया पुल उतर तर्फ ५०० मिटरमै नदिजन्य पदार्थ चोरी हुन्छ । तुरिया पुलमै प्रहरीबिट राखिएको छ । खोलामा ढुङ्गा , गिट्टी, बालुवा चोरी भएको प्रष्ट तुरिया पुलबाट देखिन्छ । पुलमा २४ घन्टा एक जना प्रहरीको डियुटी भएपनी नदिजन्य पदार्थको चोरी निकासी बन्द भएको देखिदैन ।

दैनिक रूपमा निर्धक्क चोरी गर्नु कारण कमिसन को खेल रहेको स्थानीय बताउछन। उक्त कमिसन प्रहरी प्रशासन , बनका कर्मचारीहरुले लिने गरेको स्थानीय भन्छन। किनकि हामी फोन गरेर खबर दिदा पनि नाआउने , आए ढिलो आउने गरेका छन ।
खोला बाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी राति १२ बजे देखि बिहान १० बजे सम्मा चोरी गरेको पाइएको छ । नदिजन्य पदार्थ चोरी गर्ने टोलि नै छन र टोलिले खोलाम जाने बाटोमा आफ्न् सुरकी राख्ने गरेको स्थानीय भन्छन ।
बढी मात्रमा ट्याक्टरबाट ढुंगा, मिस्कट, बालुवा जस्ता नदीजन्य पदार्थ दोहन निकासी भएको देखिन्छ । सुनवल नगरपालिकाले बेलैमा टेण्डर नगर्दा चोरी बढेको हो । चोरी गर्ने अधिकांस खोलकै किनारम बस्ने स्थानीय नै हुन ।






