Comments Add Comment

Advertisment

SKIP THIS

भर्‍याङ भत्किँदा एक मजदुरको मृत्यु

२३ पुष , काठमाडौं । पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको हो । वडा नम्बर ५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाइते भएकोमा उनको वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको छ । ब

हुदरमाई नगरपालिका वडा नम्बर ४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भर्‍याङ बनिरहेको थियो । भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको (सेटिङ) निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो । सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

करेन्ट लागेर एक मजदुरको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर एक मजदुरको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु