
२१ कात्तिक , काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले यही कात्तिक २८ गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।

महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको पौडेलले बताए । कांग्रेसले बाँकी रहेका वडा तथा स्थानीय तहको अधिवेशन छठपछि गर्ने तयारी गरेको छ । त्यसपछि क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशन हुनेछ । महाअधिवेशन मंसिरको अन्तिम हप्ता काठमाडौँमा हुँदैछ ।




