Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल टी–ट्वान्टी लिग : विजेताले चेक पाए, पैसा पाउने अनिश्चित

२७ पुष , काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र सेभेन थ्री स्पोर्टस‍्को आयोजनामा सम्पन्न भएको प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको पुरस्कार पाउने कुरा अझै अनिश्चित बनेको छ। प्रतियोगिता सम्पन्न भएपछि आयोजकले टिमहरूलाई चेक हस्तान्तरण गरे पनि त्यसको पैसा पाउन भने समय लाग्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानका प्रबन्धक वृत्तान्त खनालले डलर आयातको कुराले समय लाग्ने भएको बताए। ‘डलर आयातको कुराले पुरस्कार पाउन अझै समय लाग्नेछ । चेक भने हामीले दिइसकेका छौँ,’ उनले भने ।

प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले ३० लाख तथा तेस्रो जनकपुरले १० लाख प्राप्त गर्नेछन् । चौथो काठमाडौँले पाँच लाख पाउने छ। सर्वोत्कृष्ट खेलाडीले पाँच लाख, विधागत उत्कृष्टले दुई लाख ५० हजार र इमर्जिङ खेलाडीले एक लाख ८० हजार प्राप्त गर्नेछन् । यो सबै पुरस्कार अनिश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै