Comments Add Comment

Advertisment

SKIP THIS

दाङ प्रहरीले मोबाइल चोरी नियन्त्रण गर्न विशेष टोली परिचालन ब्यापारीसंग एसपी वलीको छलफल

२९ पुष , काठमाडौं । मोबाइल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गर्नेहरुको संख्या बढ्दै गएपछी । यसैबीच दाङ प्रहरीले मोबाइल चोरी एवं लुटपाटका घटना नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने भएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित कार्यक्रममा दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले चोरी लुटपाट नियन्त्रण गर्ने, हराएको मोबाइल फेला पार्ने र घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनका लागि टोली परिचालन हुने जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक सन्जिब बेल्बासेको नेतृत्वमा रहने टोलीले हराएका मोबाइल पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने कार्यलाई जोड दिनेछ।

कार्यक्रममा मोबाईल चोरी र चोरीका मोबाईल प्रयोग नियन्त्रण सम्बन्धमा दाङका मोबाइल पसल संचालकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सर्वसाधारणका चोरी भएका,हराएका मोबाइल दाङ प्रहरी कार्यालयमा उजुरी परेको थियो । जसमध्ये प्रहरीले हराएका केही मोबाइलहरु पत्ता लगाएर सम्बन्धित धनीलाई बुझाएको दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै