Comments Add Comment

Advertisment

SKIP THIS

नुहाएपछि छाला फुस्रो हुन नदिन के गर्ने ?

०२ माघ , काठमाडौं । तपाइहरूलाई आफ्नो छालालाई कसरी केयर गर्न सकिन्छ भन्ने चिन्ता बढी रहेको हुनसक्छ । त्यस्तो चिन्ता लागेको छ भने अब विभिन्न घरेलु उपायबाट पनि आफ्नो छालालाई ख्याल राख्न सक्नु हुनेछ ।

जसको लागि तपाईंले विभिन्न उपाय अपनाउँदा रमदानका लागि स्वयम्‌ले सजगता अपनाउनुपर्ने देखिन्छ ।

छालालाई बचाउन के कस्ता घरेलु उपाय अबलम्बन गर्ने ?

तातो पानी प्रयोग नगर्ने
तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नास गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ ।

पानीमा तेलको मिश्रण
नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

बास्नादार साबुन नरोज्ने
साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोज्नुहोला ।

हनी प्याकको प्रयोग गर्ने
मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

मस्चराइजर लगाउने
छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मोस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मोस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रूखोपन देखियो भने दोस्रोपटक मोस्चराइजर लगाउनुपर्छ ।

छालाको गुणस्तर कायम राख्न के गर्ने ?

देशी बदामको तेल
छाला सुक्खा हुने, फुस्रो हुने, चिलाउने, जलन हुने भएमा देशी बदाम को तेल लगाउने गर्नुस् । यसले तपाईंलाई समस्याबाट मुक्त हुन मद्दत गर्छ ।

यसको प्रयोगले छालालाई आवश्यक पर्ने चिसोपन प्रदान गरी सुक्खा हुनबाट बचाउँछ । देशी बदामबाट छालालाई आवश्यक पर्ने पौष्टिक तत्त्व प्राप्त हुन्छ र छाला ताजा, चम्किलो, स्वस्थ एवम् नरम हुन्छ ।

लिप बाममा कोको–नौनी
प्रायजसो बडी लोसन तथा लिप बाममा कोको-नौनी प्रयोगमा ल्याएको पाइन्छ । यो लगाउने गर्नाले फुटेको छालालाई धेरै फाइदा दिन्छ ।
साथै सुक्खा छालालाई पनि सुक्खा हुनबाट बचाइराख्छ । कोको-नौनीमा एन्टिअक्सिडेन्टको गुण भएकाले छालालाई चिसोपन बनाई नरम राख्न पनि मद्दत गर्छ ।

सूर्यमुखी तेल
सूर्यमुखी तेलमा भिटामिन ए, बी, सी,डी र ई प्रशस्त हुन्छ । त्यसैले छालामा यसको प्रयोग गर्नाले सुकेको तथा बिग्रेको छालामा सुधार हुन्छ । अनि नरम, कलिलो र चिसोपना गराइराख्न सहयोग गर्छ । यो तेल स्वास्थ्यवद्र्धक पनि हो ।

नीमको तेल
नीम एक बहुउपयोगी रूख हो । यो रुखका प्रत्येक भाग विभिन्न प्रयोजनका लागि उपयोगी हुन्छ । स्वास्थ्योपचारमा, खेतीपातीमा, सौन्दर्य सामग्रीहरूमा यसको धेरै उपयोग हुने गरेको पाइन्छ ।

शरीर चिलाउने र छालामा रातो-रातो देखा पर्नेहरुका लागि यो तेलको सेवन प्रभावकारी मानिन्छ । चाउरीपन हटाउने कार्यका लागि पनि यो तेल सेवन गर्नु बडो प्रभावकारी देखिएको छ । यसमा एन्टिसेप्टिक गुण पनि छ । सुक्खा छालालाई चिसो गरिराख्न धेरै मद्दत गर्छ ।

काँक्रो
काँक्रो स्वास्थ्यका लागि धेरै लाभदायी रहेको अनुसन्धानको सिलसिलामा प्रमाणित भइसकेको छ । यो खानको लागि मात्र नभई सौन्दर्य बढाउनमा पनि विशेष उपयोगी देखिएको छ । काँक्रोको सेवनले छालालाई चिसोपन र ताजा बनाइराख्न मद्दत पुर्याउँछ । यसको प्रयोग अनुहारको छालामा पनि गर्न सकिन्छ । बिग्रेका छालालाई स्वस्थ बनाउन पनि काँक्रो सहयोगी हुन्छ ।

घिउकुमारी
आजकल घिउकुमारीका बारे निकै चर्चा हुने गरेको छ । यसमा हुने बहुउपयोगी गुणका कारण स्वास्थ्य र सौन्दर्य क्षेत्रमा यसको धेरै प्रयोग हुन्छ ।

यसलाई छालामा प्रयोग गर्दा छाला नरम पार्छ, सुक्खा हुन दिँदैन र प्राकृतिक हानिकारक अल्ट्राभाइलेन्ट किरणबाट बचाइराख्ने गर्छ ।

फर्सीको बियाँ
फर्सीको बियाँको तेलमा फ्याट्टी एसिड, जिङ्क, भिटामिन ‘ई’ र बेटा क्यारोटिन प्रशस्त पाइन्छ । त्यसैले यसको तेल सेवन गर्ने गरेमा छाला सुक्खा हुन दिँदैन र छालामा भएको चिसोपनलाई कायम राख्ने काम गर्छ ।

यसले गर्दा छाला नरम, ताजा तथा कलिलो देखिने हुन्छ । तेल मात्र नभएर फर्सीको बियाँ नै खानु पनि सौन्दर्यका दृष्टिले राम्रो मानिन्छ ।

अंगुरको तेल
अंगुरको बियाँको तेलको गुण भएकोले छाला झुल्न नदिई तन्काइराख्ने काम गर्छ । यो तेल सेवन गर्ने र छालामा लगाउने गर्दा छाला कसिलो हुन्छ ।

यसले छालामा भएको चिसोपनलाई सञ्चित गरिराख्ने भएकाले छाला सुक्न दिँदैन । छाला सुक्खा भएन भने कोमल र ताजा देखिन्छ ।

भिटामीन सी युक्त खानेकुरा सेवन
भिटामिन सी ले छालाको रंगको गुणस्तर बढाउँछ साथै छालाको मुलायमता कायम राख्दछ। छालालाई बलियो बनाइराख्न चाहिने आधारभुत प्रोटिन कोलाजेन निर्माणको लागि पनि भिटामिन सी महत्वपूर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै