पहिरोमा परी छोराको मृत्यु : बाबु बेपत्ता -
Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोमा परी छोराको मृत्यु : बाबु बेपत्ता

४ असार , काठमाडौ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् ।

आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ६७ वर्षीय केशरबहादुर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएको जानकारी दिए ।

त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएका छन् । वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिए ।

उनका अनुसार पहिरोमा गम्भिर घाइते भएका राजकुमार राईलाई उपचारका लागि लैजानसमेत समस्या भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै