Comments Add Comment

Advertisment

SKIP THIS

यती विमान दुर्घटना : ३८ जनाको सनाखत, हराइरहेका चार जनाको खोजी जारी

२ माघ , काठमाडौं । आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ३८ जनाको सनाखत भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अुनसार अहिलेसम्म ३८ जनाको शव सनाखत भइसकेको हो ।

सनाखत भइसकेकाहरुको पोस्टमार्टम केहीबेरमा सुरु हुने प्रतिष्ठानले जनाएको छ । उनीहरुको शव प्रतिष्ठानमै राखिएको छ ।
शवगृहमा राखिएकामध्ये पहिचान भएका र आफन्तहरू उपस्थित भएको शव पोखराबाटै बुझाउने तयारी गरिएको छ ।

प्रतिष्ठानका चिकित्सक भरत खत्रीका अनुसार पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालबाट २ जना चिकित्सकहरु पोखरा आउँदैछन् । तीन जनाको भने महिला वा पुरुष भनेर पहिचान हुन नसकेको बताइएको छ ।

विमान दुर्घटनामा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । तीमध्ये ६८ जनाको शव भेटिएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको हो । अझै ४ जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको छ ।

सनाखत भएका व्यक्तिहरु
१ निशान्त आचार्य
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्ण कुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकि गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रिता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहन प्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जिवनकला गुरुङ
२७ जमुना शर्मा
२८ शालिकराम आचार्य
२९ डा सु
३० बन्दना सुनार
३१ सिता गुरुङ
३२ निरा छन्त्याल
३३ अनुशा गुरुङ
३४ शिवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै