
२३ कात्तिक , काठमाडौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित खार्चुङमा किराना पसल चलाउँदै आएका ७३ वर्षीय केर्साङ्ग लामाको हत्या भयो । कार्तिक १८ मा राति केर्साङ्गको हत्यापछि आरोपीहरूले नगद लुटेर भागेका थिए ।

हत्या गरेर भागेका दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । केर्साङ्ग लामाको हत्यामा संलग्न दुई जनालाई काठमाडौँको नागढुंगा र माकलबारीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले न्युज24ग्यालेक्सीलाई बताए ।

पक्राउ पर्नेमा हेलम्बु गाउँपालिका–१ सिन्दृघ्याङ घर भएका १९ वर्षीय तेन्जिङ लामा ‘हेल्मु’ र वर्ष ३० का दावा दोर्जे लामा छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र सिन्धुपाल्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेर सिन्धुपाल्चोक लगेको छ ।
आरोपीहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले न्युज24ग्यालेक्सीलाई बताए ।



