Comments Add Comment

Advertisment

SKIP THIS

“प्रहरी चौकी पत्थरकोट : सर्लाहीको नव-निर्मित भवन समुदघाटन सम्पन्न”

२३ कात्तिक , काठमाडौ । जिल्ला प्रहरी कार्यालय, सर्लाही मातहत प्रहरी चौकी पत्थरकोट, सर्लाहीको नेपाल प्रहरीको नियमित बजेटबाट पृथ्वी ईन्जिनियर्स एण्ड विल्डर्स प्रा.लि काठमाण्डौद्वारा निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख, श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारज्यूद्वारा समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री बाबुराम खतिवडाज्यू, लालबन्दी नगरपालिकाका प्रमुख मान बहादुर खड्काज्यू, जिल्ला न्यायाधिवक्ता श्री रिद्धिनाथ निरौलाज्यू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखज्यूहरु, सञ्चारकर्मीज्यूहरु, समुदाय-प्रहरी साझेदारी समितिका पदाधिकारी ज्यूहरु, स्थानीय तहका पदाधिकारीज्यूहरु, जेष्ठ नागरिक तथा नागरिक समाजका पदाधिकारीज्यूहरु, समाजसेवी, सि.प्र.अ. तथा प्र.ह र प्र.ज.हरू, पूर्व प्रहरी कर्मचारीज्यूहरु, स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईज्यूद्वारा शुभकामना मन्तव्य प्रदान गरिएको थियो । भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रहरी निरीक्षक ई. चिरन्जिवि प्रताप महत्तोज्यूद्वारा प्रस्तुत गरिएको थियो ।

यसै गरि कार्यक्रमको क्रममा आफ्नो जिवनको ३० वर्ष अमूल्य समय यस संगठनमा समर्पित गर्नु भएका सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूलाई प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारज्यूद्वारा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख मान बहादुर खड्काज्यूद्वारा स्वागत मन्तव्य तथा प्रमुख जिल्ला अधिकारी श्री बाबुराम खतिवडाज्यूले धन्यवाद ज्ञापन प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन यस कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीज्यूले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै