Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजी भिम ढकालले सम्हाले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

कर्णेल । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भिम प्रसाद ढकालले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

गृह मन्त्रीस्तरको गत पुस २९ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाडौंबाट डीआईजी भिम प्रसाद ढकालको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा सरुवा भएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा हाजिर भए पश्चात डीआईजी भिम प्रसाद ढकालले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकालले तस्करी नियन्त्रण गर्ने पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने , फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै