Comments Add Comment

रास्वपाको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

१४ माघ , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको फैसलाले रद्द भएसँगै रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज राति साढे नौ बजे केन्द्रीय समितिको बैठक बस्दैछ । रास्वपाका सभापति रवि लामिछानेसँग नपालको नागरिकता प्रमाणपत्र नभएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको सभापति, सांसद पद गएको छ।

यही विषयमा छलफल गरेर एउटा निर्णयमा पुग्न रास्वपाले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै