१५ माघ , काठमाडौ । कानुन सवैले मान्नु पर्दछ । कानुन भन्दामाथि कोही हुन सक्दैन ।
आज मात्र सर्वोच्चको फैसला स्वीकार गर्छु भनेर रवीले भनेका छन । तर आजको यो फैसला एक नजीर स्थापितको रुपमा रहने छ पक्कै पनि ।
सायद, अब सुजाता कोइराला,नारायण खड्का, देवेन्द्र कंडेल, मिनेन्द्र रिजाल र अनुराधा कोइरालाहरुको नागरिकता पनि छानबीन गरिन्छ कि त ? यदि सांच्चै कानुन सबैका लागि बराबर हो भने !!
अझ अनौठो कुरा त के भने बालुवाटार, वाइडवडी, ॐनी, विभिन्न हाइड्रोपावर, ज्यानमारा, चोर , फटाह , भ्रष्टाचारीहरुका वर्षौंदेखिका मुद्दाले अझै निकास पाएनन तर रवीको मुद्दाले भने तुरुन्तै ठाउँ पाउने किन ? कसरी ? कसले? के यसको जवाफ छ त सम्मानित अदालतसँग ?
चुरो कुरा त जवसम्म कुनैपनि दलीय प्रभावका श्रीमानहरु न्यायलयमा बस्ने वातावरण बन्छ तवसम्म देशको न्याय प्रणालीमा सुधारको छनक पाउँन धेरै असहज हुनेछ । अवको ५ वर्ष पनि यही सत्ताको गिद्देदृष्टृमा बित्ने छ संसदको पूर्ण काल ।
परिवारवाद, नातावाद, कृपावाद, फरियावाद र पार्टीवादको माखेसांङ्लोले जेलिने छ ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिका । हरेक दलको दाउ नै सत्ता कसरी ढाल्ने र सत्तामा कसरी पुग्ने भन्नेतिर नै ध्यान केन्द्रीत हुनेछ ।
देशको आर्थिक स्थिति झन जरजरको अवस्थामा पुग्नेछ । बैदेशिक ऋण बीस खरबबाट करिब २५ खरब पुग्नेछ । अवको पुस्ता जन्मिंदै करिब ७५ हजार ऋणको भार लिएर जन्मिने छन । अनि नबिल र एसबिआइ जस्ता बैंकहरुले घर भए घर , कोठामा बसेको भए जिन्सी सम्पतिमाथि भ्यालुएसन रिपोर्ट बनाउन आउंनेछन ।
नत्र त एकातिर आर्थिक मन्दी भन्ने, कहलिएका नामुद सहकारी जति पैसा कुम्ल्याएर फरार हुने तर बैंकको नाफा मुनाफा भने सोचे भन्दा बढी कसरी भयो ? अनि राष्ट्र बैंकले ” बढी ब्याज लिएको रकम फिर्ता गर्नू ” भनेको आदेश नमान्ने किन ? के यो देश जुन क्षेत्रमा पनि दादागिरीले चलेको हो ? सायद, यस्तै कुरुप पात्रहरुको कारणले हो त प्रेमप्रसादहरु अग्निकुन्डमा आत्मदाह गर्न बाध्य भएका ?
आज यस्ता धेरै अनुत्तरीत प्रश्नहरुको जवाफको प्रतीक्षामा छन आम सर्वसाधारण जनता !!




