Comments Add Comment

Advertisment

SKIP THIS

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

१९ असोज , काठमाडौ । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए । उनको घट्नास्थलमै मृत्यु भएको हो ।

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment