Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक नियम उल्लंघन गर्ने साढे २ सय बढीको लाइसेन्स निलम्बन गर्न सिफारिस

१६ माघ , काठमाडौ । ट्राफिक प्रहरीले २ सय ५९ वटा सवारी लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागमा पठाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जनाको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवनमा पठाएको एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच ९५० पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा निलम्बन गर्न पठाइएको हो।

निलम्बन गर्न पठाइएका सवारी चालकले ३६ पटक सम्म नियम उल्लंघन गरेको पाइएको हो। ३६ , ३०, २८, १९, १८, १७ पटक नियम उल्लंघन गर्नेलाई निलम्बन गर्न पठाएको हो।

यस्तै प्रहरीले ९, ७, ६ पटक नियम उल्लंघन गर्नेहरूको पनि लाइसेन्स निलम्बन गर्न पठाएको छ।

ट्राफिक नियम उल्लंघन गर्नाले सवारी दुर्घटना हुने गरेकाले नियमको पालना गरी सवारी चलाउन एसएसपी भट्टले अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment