१९ माघ , काठमाडौ । वीरगंज महानगरपालिका र परवानीपुर गाउँपालिकाले लुट धन्दा सुरु गरेको छ । कवाडी कर को ठेक्का दिएर सवारी कर उठाउँदै आएको छ। बिदेशी गाडि लाई २०० नेपालि को दर भनेर २०० भारु उठाउँदै आएको छ।

लोड गाडि र अनलोड गाडि डबल मजा मार्दै छ। महानगरपालिका र गाउँपालिकामा दैनिक लाखौं लाख ठगी गर्दै आएका छन्। भनें संबंधित निकाय मौन नै देखिन्छन् आखिर किन ?
स्ट्रिङ् अपरेसन मा भयो महानगर को लुट तंत्र को पर्दाफास । वीरगंज महानगर पालिका का नगर प्रमुख राजेश मान सिंह लाई बुझ्न खोज्दा। अफिस मा आएर बुझ्न भनी पटक पटक फोन रद्द गरेका छन् र कल रेकर्ड गरे र कुरा न गर्ने भनेका हुन्।
भनें परवानीपुर गाउँ पालिका का प्रमूख राम क्षेत्री ले आफुले बुझेर कार्वाही गर्न प्रतिबद्धता जनाएका छन्। भारतीय गाडी हेरेर बल जबर्जस्ती पैंसा सङ्कलन गरिएको छ।




