Comments Add Comment

Advertisment

SKIP THIS

विदेश पठाइदिने भन्दै ५७ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

विदेशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ५७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

सोलुखुम्बु घर भई काठमाडौंको टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

उनले ७ जनालाई सिंगापुर, अफगानिस्तान, घाना लगायत देशमा पठाइदिने भनेका थिए। ती देशमा काम गर्न जान १० लाख लाग्ने बताएका थिए।

पानीजहाजमा काम लगाइदिने र मासिक एक लाख भन्दा बढी तलब हुने भनेर प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी राठौरले बताए।

उनका अनुसार त्यसरी विश्वासमा लिएर उनले पीडितहरूबाट पटकपटक गरी ५७ लाख ५० हजार रुपैयाँ लिएका थिए।

उक्त रकम लिएपछि उनी सम्पर्कबिहीन भएका थिए। वैदेशिक रोजगार विभागमा ठगीको उजुरी परेपछि कार्यालयलाई पक्राउ गर्न पत्राचार गरेको थियो।

कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार गोंगबुबाट पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै