Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यका ट्राफिक प्रहरीद्वारा २० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाण्डौ । काठमाडौं उपत्यका ट्राफिक कार्यलयले उपत्यकाको विभिन्न स्थानबाट हराएका २० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

उपत्यका ट्राफिक कार्यलयमा आज आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी ट्राफिक प्रहरीमा परेको हुलिया निबेदन पश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको उपत्यका ट्राफिक कार्यलयका प्रवक्ता एवम् एसएसपी राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

उहाँले मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको छ, मोटरसाईकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताउनुभयो । थप प्रष्ट पार्दै एसएसपी भट्टले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयो । उहाँले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।

उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्ये पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको उपत्यका ट्राफिकको तथ्याङ्कले देखाएको छ । पल्सर बाहेक पछिल्लो समय स्कुटरहरु समेत हराएको भनी निबेदन पर्ने क्रम बढेको महाशाखाले जनाएको छ । कतिपय सवारी दर्ता किताव (विलबुक) सहित हराएका स्कुटरहरु नम्बर प्लेट समेत परिवर्तन नगरि चलाएको अबस्थामा सक्कल ब्लुबुक सहित ट्राफिक चेकिङ्गमा पर्दा ट्राफिक प्रहरीलाई समेत बास्तबिकता निर्क्यौल गर्न कठिनाई हुने देखिन्छ ।

त्यसैगरि उपत्यका ट्राफिक प्रहरीले मोटरसाईकल चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरेको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै