Comments Add Comment

Advertisment

SKIP THIS

फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिनु : डिआईजी दिपक थापा 

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ ।

आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा रहेका बिभिन्न शाखाहरु, हिरासत कक्ष लगायतको निरीक्षण गर्नुको साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुभएको हो ।

निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख थापाले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न, प्राकृतिक स्रोतको अवैध दोहन तथा तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले प्रहरी नायव महानिरीक्षक दिपक थापा समक्ष सिन्धुपाल्चोक जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनु भएको थियो ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले सिन्धुपाल्चोक जिल्लास्थित स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको छ ।

छलफलका क्रममा प्रदेशको शान्ति, सुरक्षाका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै