Comments Add Comment

Advertisment

SKIP THIS

इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न

काठमाडौं । संयुक्त अरब इमिरेट्सको आबुधावीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको छ ।

नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौं नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत उक्त सम्मेलनमा सहभागी भएका थिए ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै