Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी ढकालद्वारा कालिकोट जिल्लाका विद्यार्थीहरुको लागि आधारभूत सुरक्षा सचेतना

सुर्खेत , कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले भौगोलिक रुपमा पिछडिएको कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा वडा नं. २ मा अवस्थित श्री भवानि आधारभूत विद्यालय (मेग्र) मा कक्षा एक (१) देखि आठ (८) सम्म अध्यन्नरत करिब ३०० जना विद्यार्थीहरुका लागी विभिन्न विषयमा आधारभूत सुरक्षा सचेतनाको सम्बन्धमा प्रशिक्षण दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको संयोजनमा भएको उक्त कार्यक्रमामा कर्णाली प्रदेश प्रमुख ढकालले करिब १ घण्टा ३० मिनेटसम्म आधारभूत सचेतनाका विषयहरूमा प्रशिक्षण प्रदान गर्नु भएको हो ।

भविष्यमा देशको कर्णाधारका रुपमा रहेका विद्यार्थी भाईबहिनीहरुका लागी व्यक्तिगत दुरी र गोपनियता, आत्मा सुरक्षा सम्बन्धि केही सुझाबहरू, बालश्रम, बाल यौन दुरपयोग, यौन दुर्व्यहारबाट बच्ने उपाय, जवर्जस्ति करणीमा पीडित भएमा अपनाउने उपाय, साईबर अपराध (Cyber Crime) बाट बच्ने उपाय, छाउपडी प्रथा, जातिय विभेद, घरेलु हिंसा, मानब बेचबिखन, मादक पदार्थ सेवन, लागुपदार्थ दुर्व्यसनि, बालविवाह लगाएतका विषयमा प्रशिक्षण प्रदान गर्नु भयो ।

विद्यार्थि भाईबहिनीहरुले समाजमा बस्ने व्यक्तिहरूको बारेमा जानकारी राख्ने, खराब व्यक्ति र अपराधीको बारेमा सुचाना दिई पक्रन सहयोग गर्ने, आफु विरुद्ध हिंसा भएमा प्रहरीमा उजुरी दिने र दिन लगाउने, गलत काम नगर्ने, कुलतमा नफस्ने लगाएतका कुराहरु बताउनु भएको छ । देश विकास साथै शान्ति सुरक्षाका लागि विद्यार्थी भाईबहिनीहरू आज देखिनै अनुशासित, लगनशिल, मिहिनती भई दैनिक रुपमा पढेर असल नागरिक बन्न सबैलाई उत्प्रेरित गर्दै सम्पुर्णलाई हातेपुस्तिका समेत वितरण गर्नु भएको छ ।

विद्यालयका प्रध्यानध्यापक बल प्रसाद पाण्डे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिपाल बि.क.ले प्रदेश प्रहरी प्रमुख आफ्नो विद्यालयमा आई स-साना भाईबहिनीहरुलाई आधारभुत सचेतना लगाएत समाजमा हुने गरेका अपराधको विषयमा प्रशिक्षण प्रदान गर्दा निकै हर्षित हुदै सह्रानिय र गौरवको विषयका रुपमा रहेका कुरा बताउनु भएको छ ।

साथै आगामी दिनहरुमा यस्तै किसिमका प्रशिक्षणको अपेक्षा राख्दै कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकाल र जिल्ला प्रहरी कार्यालय कालिकोटलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै