काठमाडौं , प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७ औं बार्षिकोत्सव कार्यक्रम एक समारोह बिच सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले ६७ औं बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानको बार्षिक पत्रिका “प्रेरणा” को लोकार्पण गर्नुको साथै ४० औं आईजिपि रनिङ सिल्ड फुटवल प्रतियोगिता २०७९ का विजेता र उप-विजेता खेलाडिहरुलाई मेडल तथा प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।

यस बर्षको आईजिपि रनिङ सिल्डको विजेता टिम १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले नगद रू. १०२,०००/- सहित ट्रफी जित्न सफल रह्यो भने रा.प्र.प्र.प्र. महाराजगंजको टिम रू. ५१,०००/- र ट्रफी सहित उप-विजेता बन्न सफल रह्यो । यस बर्ष प्रतिष्ठानमा बाह्य प्रशिक्षकको रूपमा खटिई राष्ट्र र नागरिकको सेवामा पुर्याउनु भएको प्रशंसनीय योगदानको कदर स्वरुप अवकाश प्राप्त पूर्व प्रहरी नायव निरीक्षक तेज बहादुर थापाज्यूलाई Life Time Achievement Award प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अथितिले प्रतिष्ठान परिवारलाई शुभकामना व्यक्त गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्दै उत्तर आधुनिक युगलाई सम्बोधन गर्ने प्रशिक्षण प्रणाली निर्माण गरी त्यसलाई आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामाग्रीहरु समेत निर्माण गर्न निर्देशन दिनुभएको थियो ।

प्रहरी प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले स्वागत मन्तव्य तथा प्रतिष्ठान सम्वन्धि संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नुभयो भने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव बिक्रम राणा, सडक विभाग कार्यालय काठमाण्डौका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरु,सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू, काठमाण्डौ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्षज, कोरियन तेक्वान्दो प्रशिक्षक, खेलाडि र प्रतिष्ठानमा प्रशिक्षणरत सम्पूर्ण प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो ।



