Comments Add Comment

Advertisment

SKIP THIS

मितेरीपुलमा नेपाल र चीनका सिमा सुरक्षा अधिकारीहरूबीच ‘फेस टु फेस’ बैठक

तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच ‘फेस टु फेस’ बैठक सम्पन् भएको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरूबीच बैठक भएको हो ।

‘सीमामा कोरोनाको डर नभएकाले भौतिक रूपमा बैठक गर्न सकियो,’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने । तीन वर्षपछि यसरी प्रत्यक्ष बैठक सम्पन्न हुनु महत्वपूर्ण काम भएको उनले प्रस्ट्याए । भर्खरै जिल्ला आएका न्यौपानेले नाका पूर्ववत् सञ्चालनका लागि पहलकदमी बढाएका हुन् ।

आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक छ । तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति भएको छैन । निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ । यो प्रारम्भिक छलफल भएको अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारीले बताए । ‘काउन्टर पार्टमा दुवै देशका स्थानीय अधिकारीबीच दोहोरो संवाद भएको छ,’ उनले भने ।

बैठकमा चिनियाँ अधिकारीहरूले तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि के गर्न सकिन्छ भनेर नेपालका अधिकारीसँग सुझाव मागेका छन् । निकासी वस्तुको चेकजाँच गर्न खासाको रमितेमा निकासी घर निर्माणाधीन रहेको पनि उनीहरूले नेपाली पक्षलाई जानकारी दिए । बैठकमा नाका सञ्चालन हुनुपूर्व ‘क्रस बोर्डर क्राइम’बारे पर्याप्त छलफल हुनुपर्नेमा अधिकारीबीच समान धारणा रहेको छ ।

बैठकमा दुवै देशका अधिकारीले खुलेर नाकासम्बन्धी धारणा राखेका थिए । नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेका थिए । मिटिङमा सीमा सुरक्षा सशस्त्र प्रहरीका एसपी रवि केसी, जिल्ला प्रहरी प्रमुख एसपी बालनरसिंह राणालगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै