Comments Add Comment

Advertisment

SKIP THIS

चितवन प्रहरीको सफलता : ५५ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ

चितवन । चितवनबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका १६ बस्ने बर्ष ३० को अर्जुन दर्जि र चितवन राप्ती १ बस्ने बर्ष १५ को सुजन चेपाङ रहेका छन् ।

चितवन जिल्लाको अस्थायी प्रहरी पोस्ट लोथरबाट प्रहरी सहायक निरीक्षक राजेन्द्र गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथर तर्फ आउदै गरेको बा ३ च २५०४ न.को टाटा डिआई गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको लागू अैषध( गाँजा) अन्दाजी ५५/५६ के.जि.र सोही गाडीमा सवार ब्याक्तीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका दुवैविरुद्ध सम्मानित जिल्ला अदालत चितवनबाट पक्राउ मितिबाटै लागु हुने गरी लागूऔषध कसुर ऐन अन्तर्गत मुद्दामा अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक कार्कीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै