Comments Add Comment

Advertisment

SKIP THIS

धरानबाट प्रहरीले मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई चोरी गरेको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन् ।

अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान-११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १-०२-०४०प २८१८ नम्बरको मोटरसाइकलको नम्वर प्लेटलाई को. ३८ प ८०६५ लेखि चलाइरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै