Comments Add Comment

Advertisment

SKIP THIS

ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु

१७ फागुन , काठमाडौं । बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

बुधबार बैतडीको मेलौली नगरपालिका–२ सलेना अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका ३२ वर्षीय प्रहरी सहायक हल्वदार नविन चौधरी ड्युटीको क्रममा बेहोस भएका थिए।

अपराह्न साढे ५ बजेतिर ड्युटीमै बेहोस भएका उनको उपचारका लागि स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो।

स्वास्थ्य चौकीमा उपचारको क्रममा साँझ ७ बजेतिर डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

जोशीका अनुसार चौधरीको मृत्युबारे आफन्तलाई खबर भइसकेको छ। आफन्त बैतडी पुगेपछि शवको मुचुल्का तयार पार्ने र पोस्टमार्टमको काम गरिने छ।

मृतक सहायक हल्वदारको घर कैलालीको कैलारी गाउँपालिका –७ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै