Comments Add Comment

Advertisment

SKIP THIS

खानीखोला प्रहरीले सालकको खपेटा र संरक्षित पंक्षी हुचिलसहित दुई जनालाई पक्राउ

धादिङ ,प्रहरीले धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ नौबिसे स्थित त्रिभुवन राजपथ सडकमाबाट संरक्षित वन्यजन्तु सालकको खपेटा ५ किलो ३ सय ग्राम र संरक्षित पंक्षी जिवित हुचिलसहित दुई जनालाई पक्राउ गरेकोे इन्स्पेक्टर डबल बमले बताए ।

सालकको खपेटा ओसारपसार तथा बिक्रि गर्न खोजिरहेको भन्ने गोप्य सूचनाको आधारमा केन्द्रिय अनुसन्धान व्युरो महाराजगंज काठमाण्डौ र ईलाका प्रहरी कार्यालय खानीखोलाबाट इन्स्पेक्टर डबल बहादुर बमको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका बस्ने वर्ष २० को रमेश स्याङतान र धादिङ थाक्रे गाउँपालिका नयागाँउ बस्ने वर्ष ४७ को बिनोद लामा रहेको खानीखोलाका इन्स्पेक्टर डबल बमले बताए ।

उक्त पंक्षी जिवितै उद्धार गरी निज दुवै जना लाई पक्राउ गरी कारवाहीको लागी नौबिसे सव डिभिजन बन कार्यालयमा बुझाईएको र घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय खानीखोलाकाबाट थप अनुसन्धान भईरहेको इन्स्पेक्टर डबल बमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै