Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी बैण्डको कन्सर्ट

१९ फागुन , काठमाडौ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी संगीत विद्यालय र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌बाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।

 सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट Music Director, Captain Esther Hayes एवं Assistant Music Director Captain Sunil Gurung समेतको टोलीद्वारा विभिन्न सुमधर धुन प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले Defence Attache, Colonel, Paul Smith, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का Music Director, Captain  Esther Hayes, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का Assistant Music Director Captain Sunil Gurung लाई कृतज्ञताको चिनो प्रदान गरे । सोही अवसरमा Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट Music Director, Captain  Esther Hayes ले प्रहरी महानिरीक्षक सिंहलाई समेत कृतज्ञताको चिनो प्रदान गरे ।

वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रुपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment