Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डविरुद्धकाे मुद्दामा सर्वोच्चको अग्राधिकार, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

२६ फागुन , काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको मुद्दालाई अग्राधिकार दिएको छ। प्रचण्डविरुद्धकाे मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो। 

सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले खबरहबलाई बताए। हाल प्रधानमन्त्री रहेका माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा दिएको सार्वजनिक अभिव्यक्तिमा द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने भनेको विषयलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायत २९ जनाका तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। 

निवेदकले प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गरेका थिए। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धकाे मुद्दा गर्दा नगरी दरपिठ गरिदिएपछि पुन निवेदकले इजलासमा दर्ताको माग गरेपछि रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले अदालत प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै