Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले पर्साबाट १४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले पर्साको वीरगञ्जस्थित सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका-१६ बाट एक सय ४१ किलो गाँजासहित पक्राउ परेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

वीआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गरेको पूर्वसूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको कमाण्डमा खटिएको प्रहरीले उक्त ब्यक्तिलाई पक्राउ गरेको हो ।

धर्मकाँटा अगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा बरामद गरिएको थियो । चैत ४ मा पक्राउ परेका सिंहलाई चैत ५ मा पर्सा जिल्ला अदालतले अनुसन्धानका लागि सात दिन थुनामा राख्न अनुमति दिएको सूचना अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै