२६ बैशाख , काठमाडौं । पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४८ वर्षीय डेड बहादुर गुरुङको माईला अटो डेन्ट पेन्ट अटोग्यारेज वर्कशपमा तास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५१ हजार ७० रुपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






