Comments Add Comment

Advertisment

SKIP THIS

धोकेबाज गीत विवादमा शिव परियार भन्छन्,‘गीत चोरेर गाइएको होइन’

७ चैत , काठमाडौ । गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीतको विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको बताएका छन्।

सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै उनले गीतका मेल, फिमेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन्।

उक्त गीतका आधिकारिक स्रष्टा र संगीतकार सुवास कार्की रहेको समेत उनले उल्लेख गरेका छन्। उनले जस लिन खोजिएको भन्ने विवादलाई ‘अप्राकृतिक कन्ट्रोभर्सी’ आकर्षित गर्ने प्रयास भएको बताएका छन्।

पछिल्लो समय एलिना चौहानले गाएको उक्त गीतको फिमेल भर्सन व्यापक हिट भएपछि शिवले आफ्नो स्वरमा रहेको मेल भर्सन आफ्नै भएको भन्दै एक टीभीमा अन्तर्वार्तामा बताएका थिए। त्यसपछि उनी विवादमा तानिएका थिए।

धोकेबाज हौ तिमी प्रेस विज्ञप्ति

धोकेबाज हौ तिमी गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक विचार-पहिला कसले गाएकोरु पछि कसले गाएकोरु भन्ने बनी बनाउ कन्ट्रोभर्सी खबरबाट मेरा सबैजना प्रिय शुभचिन्तकहरू कृपया सावधान र सतर्क रहिदिन विनम्र अनुरोध गर्दछु। ‘धोकेबाज हौ तिमी’ गीत यस गीतका ‘आधिकारिक स्रष्टारसङ्गीतकार सुवास कार्की ‘कार्की जी’ ले आधिकारिक रूपमा मेल ,फिमेल र चाइल्ड तीन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ र प्रकाशन गर्नु भएको छ । यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरूको होइन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होइन, छैनौ र चोरी चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौँ । यस गीतलाई मेल, फिमेल, चाइल्ड यी तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक गायिका हुन। यो विषयमा कुनै विवाद गर्नुपर्ने आधार या आवश्यकता मैले देखेको छैन। आधिकारिक रूपमा स्पष्ट पार्दछु। यति सहज र सरल र विषयमा कुरा बुझेर पनि, जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सी आकर्षित देखिन्छ। यो वास्तविकतादेखि सतर्क र सावधान भइदिन, यस्ता हल्लाका पछि नदौडिन, र कुरा नबुझी गालीगलौजको भाषा प्रयोग गरेर कमेन्ट गर्न हतार नगरौँ। मेरा समस्त प्रिय शुभचिन्तकहरूमा अनुरोध गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै