Comments Add Comment

Advertisment

SKIP THIS

रौतहट कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

२८ कात्तिक , काठमाडौ । गएराति भएको कार दुर्घटनामा परी रौतहटमा चार भारतीय नागरिकको ज्यान गएको छ।

सदरमुकाम गौर–चन्द्रनिगाहपुर सँग जोडिएको सहायक राजमार्ग अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति १०ः१५ बजे भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नगरिकको ज्यान गएको हो।

चन्द्रनगिाहपुरबाट गौर तर्फ आउँदै गरेको यू के १२सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो । कार सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको छ ।

प्रहरीले पानीमा डुबेको कारको सीसा फुटाएर कारभित्र रहेकाहरुलाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भइसकेको थियो। मृतकहरुको सनाखत हुन सकेको छैन। चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै