Comments Add Comment

Advertisment

SKIP THIS

‘केजीएफ २’ सँग भिड्ला कि भाग्ला ‘ए मेरो हजुर ४’ ?

२९ कात्तिक , काठमाडौ । कोरोना महामारीअघि भारतीय फिल्मको डरले नेपाली फिल्मको भागभाग हुने गरेको थियो ।

भारतका ठूला फिल्मले घोषणा गरेको मितिमा नेपाली फिल्म भिडाउने निर्माताहरुले आँटै गर्दैन थिए । बरु, बाटो छाड्नु उत्तम ठान्थे । हल पर्याप्त नपाइने र दर्शकहरु पनि नेपालीभन्दा विदेशी फिल्म हेर्न रुचाउने भएकाले निर्माताहरु जानी-जानी आफ्नै खुट्टामा आफैंले बञ्चरो हान्न चाहँदैन थिए ।

यो अवस्था अझै पनि ज्यूँकात्यूँ छ । कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएर दशैंबाट खुलेका हलमा बलिउड फिल्म ‘सूर्यवंशी’ ले दर्शक फर्काएपछि नेपाली निर्माताहरु आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्न तम्सिएका छन् । तर, आगामी दुई वर्षसम्म नेपाली फिल्मले राम्रो मिति भेट्न गाह्रो छ । किनकि, भारतका ठूला फिल्महरुले राम्रा मिति जति ‘बुक’ गरिसकेका छन् ।

भारतीय फिल्मले घोषणा गरेको मिति छलेर ‘चपली हाइट ३, म यस्तो गीत गाउँछु, सम्हालिन्छ कहिले मन’ जस्ता केही नेपाली फिल्मले हालसालै प्रदर्शन मिति घोषणा गरे । तर, यसै वर्षको चैत २५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ को भने साउथको प्रतिक्षीत फिल्म ‘केजीएफ २’ सँग भिडन्त हुने सम्भावना प्रवल देखिएको छ ।

‘ए मेरो हजुर ४’ यही वर्षको चैत २५ गतेबाट प्रदर्शनमा आउँदैछ भने साउथ सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ बैशाख १ गते ९अप्रिल १४, २०२२० बाट संसारभर प्रदर्शनमा आउने तयारीमा छ । यसरी हेर्दा ‘ए मेरो हजुर ४’ ले ६ दिन मात्र सिनेमा हलमा वर्चश्व जमाउन पाउनेछ । ‘केजीएफ २’ रिलिज भएपछि हलसँगै दर्शक पनि बाँडिनेछन् । जसको असर फिल्मको व्यापारमा पर्नेछ ।

‘केजिएफ’ को पहिलो पार्टले नेपालमा आक्रामक व्यापार गरेको थियो । यो फिल्मको नेपाली दर्शकहरुले ‘ए मेरो हजुर ४’ भन्दा पनि व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । रिलिजको एक हप्तामै साउथको यति ठूलो फिल्म आउँदा ‘ए मेरो हजुर ४’ लाई घरेलु बजारबाटै लगानी उठाउन गाह्रो पर्न सक्छ । यसलाई मध्यनजर गर्दै निर्माण टिम पछाडि हट्न सक्ने कतिपयको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै