Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँको नागढुङ्गाबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १८ ग्रामसहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मालदा सुजापुर गोरमोतर बस्ने ३१ वर्षीय अबदुल करिम, तनहुँ भानु नगरपालिका-१३ बस्ने २७ वर्षीया अमिना खातुन र भारत मालदा सुजापुर बाउनग्राम बस्ने ३७ वर्षीय महमद फैयाज रहेका छन् ।

प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-१-०२-००१ ख ९०१२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै