Comments Add Comment

Advertisment

SKIP THIS

रास्वपाका सांसद श्रेष्ठमाथि छानबिन गर्न संसदीय समिति बनाउन माग

२७ चैत , काठमाडौ । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्नु नहुने बताए । उनले सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे ।

त्यस्तै श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टीम’ लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टीम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताए ।

उनले भने, ‘ निवेदन गर्न चाहन्छु, त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो रु त्यसको पनि छानविन गर्नुपर्दैन रु त्यसकारणले गर्दाखेरी यसको छानबिनका लागि आज यो संसदभित्रको एउटा प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा, भ्रष्टाचारको सन्दर्भमा, कमिशनको सन्दर्भमा यो संसद चुप लागेर बस्नु हुँदैन । त्यसकारणले आजैको दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु ।’

त्यस्तै सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउने भन्दै करोडौँ रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने बताए ।

उनले भने, ‘यसमा ठूलै नेताहरुको पनि नाम जोडिएर सञ्चार माध्यममा आइपुगेको छ । अनि ठूलालाई चैन सानालाई ऐन हुन्छ कि रु होइन भने यस घटनामा जति ठूलै नेताको नाम जोडिएपनि गृहप्रशासन काँप्नु हुँदैन । गृह प्रशासनले दह्रोसँग खुट्टा टेकेर यसमा संलग्न जतिसुकै ठूलो नेता भएपनि कारबाहीको दायरामा ल्याउनैपर्छ । कानूनको कठघरामा उभ्याउनै पर्छ ।’

सो प्रकरणमा ठूला नेताहरुको नाम जोडिएको उल्लेख गर्दै उनले जति ठूला नेताको नाम जोडिएपनि कानूनी कठघरामा ल्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment