Comments Add Comment

Advertisment

SKIP THIS

अवैध युरो र अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट ९ नेपाली र ३ विदेशी पक्राउ

काठमाडाैं | अवैध अमेरिकी डलर र युरोसहित काठमाडौँबाट दुबई जान लागेका ९ नेपाली र ३ विदेशी यात्रुहरू पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेकजाँच गर्ने क्रममा विभिन्न एअरलाइन्सबाट जान लागेका उनीहरूलाई प्रहरीले चैत २७ र २८ गते नियन्त्रणमा लिएको जनाएको छ।

४५ हजार ५ सय ३३ अमेरिकी डलर र ९१५ अवैध युरोसहित उनीहरू पक्राउ परेका हुन्।

उक्त मुद्राको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ।

लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको आशंकामा प्रहरीले उनीहरूमाथि निगरानी बढाइ चेकजाँच गरेको थियो।

पक्राउ परेका उनीहरूलाई आज राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै